back
CTIZAN AD

कर्णालीमा मन्त्रालयको भागबन्डामा सहमति, कुन दलको भागमा कुन मन्त्रालय ?

वि.सं.२०७९ माघ १० मंगलवार

909 

shares

सुर्खेत । सत्तारुढ गठबन्धनदलबीच कर्णाली प्रदेशको मन्त्रालयको भागबन्डाको टुंगो लागेको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा विश्वासको मत पाए लगत्तै सत्ता गठबन्धन दलभित्र मन्त्रालय बाँडफाँटको टुंगो समेत लागेको हो ।

मंगलबार बसेको प्रदेशस्थित सत्ता गठबन्धन दलको बैठकले मन्त्रालय भागबन्डाको विषयमा टुंगो लगाएको हो । जसमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेका भागमा आर्थिक सहित तीन मन्त्रालय परेको छ ।

सहमति अनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

त्यसैगरी एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको बताइएको छ ।

 

वि.सं.२०७९ माघ १० मंगलवार २०:४२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...