back
CTIZAN AD

तीन मन्त्री थपिएसँगै गण्डकी प्रदेश सरकारले पायो पूर्णता

वि.सं.२०७९ माघ १० मंगलवार

777 

shares

काठमाडौं । गण्डकी प्रदेशमा थप तीनमन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशमा मंगलबार थप तीन मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । थपिएका तीन मन्त्रीमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा –आन्तरिक मामिला तथा कानुन) र बेदबहादुर गुरुङ (कृषि, उर्जा तथा जलश्रोत), रहेका छन् भने माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली ( उद्योग, पर्यटन, वन तथा वातावरण) रहेका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबारै तीनैजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण खुवाएका हुन् । यो संगै गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्री मण्डल बनेको छ ।

यसअघि एमालेकै तर्फबाट पहिलोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।

वि.सं.२०७९ माघ १० मंगलवार २०:५९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...