काठमाडौं । प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बेचेको पाइएमा कारबाही गर्ने जनाएको छ ।
जिल्ला प्रहरी परिसरले एक सूचना जारी गर्दै पछिल्ला समय काठमाडौंका केही पेट्रोल पम्पले खुल्ला रुपमा (बोतल र जर्किनलगायतका भाडोमा) पेट्रोलियम पदार्थको विक्रि वितरण गरेको सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘अति प्रज्ज्वलनशील पेट्रोलयिम पदार्थलाई खुल्ला रुपमा विक्री वितरण गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी हुने र मानविय एवं भौतिक क्षति समेत हुने सुरक्षा संवेदनशीलता विषय भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगराउनु हुन सम्पूर्ण पेट्रोलपम्प सन्चालकहरुमा जिल्ला प्रहरी परिसर काठमाडौबाट यो सूचना प्रकाशित गरिएको छ ।’ प्रहरी परिसरद्वारा जारी सूचनामा भनिएको छ ।
उक्त सूचना विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम हदैसम्म्को कानूनी कारबाही गरिने समेत बताइएको छ ।

.
वि.सं.२०७९ माघ ११ बुधवार ०८:५३ मा प्रकाशित






























