
काठमाडौं । प्रतिनिधि सभा भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यको निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका डा. किरण नकर्मिले जानकारी दिएका छन् ।
शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका ३७ वर्षीय आचार्यको ८० प्रतिशत बढी जलिसकेको अवस्थामा उपचार गरिएको थियो ।
ईलामको सूर्योदय नगरपालिका ११ का आचार्य शरीरमा आगो लगाउनु अघि आफ्नो नाममा रहेको सामाजिक संजालमा लामो स्टाटस लेखेर निराशा व्यक्त गरेका थिए । उक्त स्टाटसमा उनी विभिन्न व्यवसायमा संलग्न रहेको र सफल हुन नसकेको जस्ता विषयहरु उल्लेख गरेका छन् ।
किन आत्मदाहको प्रयास गरे प्रेम आचार्यले ? यस्तो छ कारण