back
CTIZAN AD

राष्ट्रपतिमा कांग्रेससँग पनि सहमति खोज्नुपर्ने माओवादीको निष्कर्ष

वि.सं.२०७९ माघ १२ बिहीवार

822 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले राष्ट्रपति चयन प्रक्रियामा राष्ट्रिय सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति सर्वसहमतिबाट हुनुपर्ने निष्कर्ष बैठकको रहेको जानकारी दिए ।

एमाले, कांग्रेससहित सबै दलहरुबाट साझा व्यक्तिलाई अघि सार्नुपर्नेमा बैठकको जोड रहेको उनले बताए ।

“सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित दुर्घटना रोक्न र संविधानको रक्षा गर्न सकिन्छ”, उनले भनेका छन्, “पाँच वर्षसम्म संसदलाई सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्ने हाम्रो भनाई छ ।”

सबै दलहरु मिलेर जानुको विकल्प नरहेको उनले बताए । माओवादीले राष्ट्रिय सहमतिको कुरा गर्दा एमालेलाई पाखा राख्न खोज्यो भन्ने बुझ्न नहुने पौडेलको भनाई छ ।

“कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति छान्न ठीक हुँदैन भन्नेबारे छलफल गर्‍यौं”, पौडेलले भनेका छन्, “एमालेलाई बाइपास गरेर पनि सहमति हुँदेन, कांग्रेसलाई बाइपास गरेर पनि सहमति हुँदैन ।”

माओवादी केन्द्रको बैठक शुक्रबार पुनः बस्ने पौडेलले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने तर, राष्ट्रपति एमालेलाई दिने भद्र सहमति भएको थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएको भन्दैै माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचन सहमतिबाट गर्नुपर्ने बताउँदै आएको छ ।

वि.सं.२०७९ माघ १२ बिहीवार १७:३० मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...