back
CTIZAN AD

कोरोना महामारीपछि मुटु रोगीको संख्या बढ्यो

वि.सं.२०७९ माघ १२ बिहीवार

1K 

shares

काठमाडौं । कोरोना महामारीपछि अमेरिकामा मुटु रोगबाट मृत्यु हुनेको संख्या बढेको छ । एक अध्ययनका अनुसार कोरोना महामारीको एक वर्षपछि मुटु रोगबाट मृत्यु हुनेको संख्या ६.२ प्रतिशतले बढेको हो ।

यो अध्ययन अमेरिकन हार्ट एसोसिएसनले गरेको हो । अध्ययनमा सन् २०२० मा हृदयाघात (हृदय रोग)बाट मृत्यु हुनेको संख्या ९ लाख २८ हजार ७४१ रहेको र सन् २०१९ मा यो संख्या ८ लाख ७४ हजार ६१३ रहेको बताइएको छ । यो सन् २०१५ यताकै सबैभन्दा ठूलो वृद्धि हो ।

यसअघि सन् २००३ मा मुटुरोगका कारण अमेरिकामा ९ लाख १० हजार मानिसको मृत्यु भएको थियो, त्यसपछि सन् २०२० मा मात्रै मुटुरोगका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो अध्ययन जर्नल सर्कुलेशनमा प्रकाशित छ ।

अध्ययनमा संलग्न हार्वर्ड मेडिकल स्कुलका सहायक प्राध्यापक कोनी डब्ल्यू सोले बताएअनुसार मुटु रोगका कारण मृत्यु हुनेको संख्या मात्रै होइन उमेरसँग सम्बन्धित मृत्युदर पनि ४.६ प्रतिशतले बढेको छ ।

अध्ययनअनुसार कोरोना संक्रमणले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानिसको मुटुमा असर गरेको छ । भाइरसको प्रभावका कारण शरीरमा क्लोटिङ र इन्फेक्सनको समस्या बढेको पाइएको छ । एजेन्सीबाट

वि.सं.२०७९ माघ १२ बिहीवार १७:५२ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...