back
CTIZAN AD

कृष्ण तिवारीद्वारा छात्रवृति प्रदान

वि.सं.२०७९ माघ १३ शुक्रवार

879 

shares

गैर आवासीय नेपाली अभियन्ता कृष्ण तिवारीले पर्वतको एक माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् ।

पैयु गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा आयोजीत एक कार्यक्रममा उनले आफना स्व. पिता श्रीकृष्ण तिवारी र माता बिष्णुकुमारी तिवारीका नामबाट पालुस्थान माबि बेउलीबासका १० विद्यार्थीलाई छात्रवृति प्रदान गरेका हुन् ।

प्रध्यानाध्यापक पुर्णचन्द्र काफलेका अनुसार सो विद्यालयको बैठकले गरेको निर्णय अनुसार दलित छात्रातर्फ कक्षा १० की शुसिला परीयार, छात्रतर्फ कक्षा ४ का प्रतिक सुनार, अतिविपन्न तर्फ कक्षा ९ की सुमित्रा न्यौपाने र कक्षा ६ का हिमाल थापा, यसैगरी कक्षा ८ मा प्रथम भएका सन्ध्या काफले र कक्षा १० मा प्रथम भएका दिब्या सुवेदी तथा विद्या सुवेदी, कक्षा ११ का दिपा भुसाल तथा १२ का बिमल भुसाल एवम् विद्यालयमै सर्वाधिक अंक ल्याउने चन्द्रकला चुदारो छात्रवृतिका लागि छनौट भएका थिए ।

कार्यक्रममा तिवारीले आफना स्व बाबु र आमा दुवैको नाममा अक्षयकोष स्थापना गरी पैयुका सबै विद्यालयमा क्रमश छात्रवृति दिने घोषणा गरेका थिए । उनले पालुस्थानका १० विद्यार्थीलाई जनहि ५ हजार रकम छात्रवृतिका रुपमा प्रदान गरेका थिए । सो कार्यक्रमको सहजकिरण श्याममित्र मण्डल पैयुले गरेको थियो । यसैगरी उनले जुनियर रेडक्रस पालुस्थानलाई १० हजार नगद सहयोग समेत प्रदान गरेका थिए ।

सो छात्रवृति प्रदान कार्यक्रममा पालिका अध्यक्ष ठकुरीसहित वडा अध्यक्ष चन्द्रबहादुर थापा, स्थानीय समाजसेवीहरु, विद्यार्थीहरु तथा तिवारी परीवारका सदस्यहरु जयनारायण तिवारी, दुर्गाकुमारी शर्मा, खेमकुमारी शर्मा, नरभुपाल तिवारी लगायतको उपस्थिती रहेको थियो ।

 

वि.सं.२०७९ माघ १३ शुक्रवार २०:४९ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...