back
CTIZAN AD

रास्वपालाई पुनः सरकारमा ल्याउन ओलीको जोड, राष्ट्रपतिमा समझदारी नतोड्न आग्रह

वि.सं.२०७९ माघ २७ शुक्रवार

747 

shares

काठमाडौं । आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाले अध्यक्ष तथा संयन्त्रका संयोजक केपी शर्मा ओलीले रास्वपालाई पुनः सरकारमा ल्याउने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको संयन्त्रको बैठकमा ओलीले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा ल्याउनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएका छन् ।

नागरिकता विवादमा उपप्रधान तथा गृहमन्त्री र सांसद समेत रहेका रवि लामेछानेले दुवै पद गुमाउनु परेपछि उनको पार्टी गत आइतबार सरकारबाट बाहिरीएको थियो । सरकारलाई आफ्नो समर्थन भने रहिरहेको बताएको रास्वपालाई पुनः सरकारमा ल्याएर राजनीतिक सन्तुलन मिलाउनुपर्ने अध्यक्ष ओलीको जोड थियो । बैठकमा अध्यक्ष ओलीले भने–‘पूर्व समझदारी अनुरुप रास्वपालाई पुनः सरकारमा ल्याउने वातावरण मिलाऔं ।’

ओलीको सुझावमा प्रधानमन्त्री प्रचण्डले रास्वपा बाहिरिनुको कारण आफुले पनि बुझ्न नसकेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले रविलाई अन्तिम अवस्थासम्म पनि आफुले सरकार नछाड्न भनेको तर नमानेको समेत छलफलमा बताएका थिए ।

राष्ट्रपतिमा समझदारी नतोड्न ओलीको आग्रह

त्यसैगरी अध्यक्ष ओलीले राष्ट्रपतिमा बाहिर संचारमाध्यमा आएका कुराहरुका विषयमा पनि चासो राखेका थिए । ओलीको चासोमा प्रधानमन्त्री प्रचण्डले बाहिर आएका कुरामा आफुले ध्यान नदिएको तर राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाएर जाँदा सबैलाई राम्रो हुने बताएका थिए ।

एमालेले गठबन्धनबीच भएको पूर्व सहमति अनुसार राष्ट्रपति पदमा आफ्नो दावी गर्दै आएको छ भने कांग्रेसबाट समेत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले कांग्रेसको  पनि मन राख्ने गरी राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर जानुपर्ने बताउँदै आएका छन् ।
ओलीले बैठकमा नागरिक उन्मुक्ति पार्टीले गठबन्धनमा पहिले भएको सहमति तोड्दा सुदूरपश्चिमको सरकार ढलेको भन्दै कसले कसलाई कहाँ अनि कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका थिए ।

‘हामीले सहमति गरेर बाँडफाँट गरेका थियौँ, तर, सुदूरपश्चिम सरकार एक महिनामै ढल्यो, त्यहीँबाट अस्थिरता सुरु भयो । अब यहाँ कसले कसलाई कसरी विश्वास गर्ने ?’ राष्ट्रपति पदको निर्वाचनप्रति इंगित गर्दै ओलीले शंसय व्यक्त गरे ।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई पुष १० मा गठबन्धनबीच गरिएको समझदारी नतोड्न समेत  आग्रह गरेका थिए । पुष १० मा गरिएको भागबण्डामा एमालेलाई राष्ट्रपति दिने सहमती दलहरुबीच भएको एमालेले दावी गर्दै आएको छ ।

नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित रहेको उक्त संयन्त्रको बैठकमा रास्वपाका सभापति रावि लामिछाने भने उपस्थिति थिए ।

आफ्ना नेता रेशम चौधरी लगायतलाई रिहा गर्नुपर्ने माग सरकारबाट सम्बोधन नभएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले बिहीबारै आफुहरु गठबन्धनबाट बाहिरीएको बताएको थियो ।

वि.सं.२०७९ माघ २७ शुक्रवार २१:४३ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...