back
CTIZAN AD

साताको पहिलो कारोबार दिनमै नेप्सेमा ६० अंकको गिरावट

वि.सं.२०७९ माघ २९ आइतवार

798 

shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आइतबार ६०.८८ अंकले बजार घट्दै २१२१ बिन्दुमा झरेको छ ।

आइतबार आठ कम्पनीबाहेक सबैको मूल्यमा उच्च गिरावट छ । आइतबार सबैभन्दा बढी बीमा क्षेत्रका कम्पनीको मूल्यमा गिरावट आयो । आइतबार जीवन बीमा उपसमूहमा ३५७.२६ अंकको गिरावट आयो भने निर्जीबन बीमा उपसमूहमा २४०.४५ अंकको गिरावट आयो ।

सबै परिसूचक राताम्मे बने पनि आइतबार कारोबार रकम भने उच्च रह्यो । आइतबार ८१ लाख ३९ हजार बढी कित्ता सेयर किनबेच हुँदा तीन अर्ब चार करोडभन्दा बढीको कारोबार भयो ।

आइतबार सबैभन्दा बढी हिमालयन डिष्टिलरी र न्याग्दी हाइड्रपावरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ माघ २९ आइतवार १५:१८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...