back
CTIZAN AD

नामिबियालाई पराजित गर्दै तेस्रो जित हात पार्न सफल भयो नेपाल

वि.सं.२०७९ फागुन ६ शनिवार

771 

shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।

नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । कूल ९८ बल खेलेको उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे । कप्तान रोहित पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए । बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।

 

वि.सं.२०७९ फागुन ६ शनिवार १८:१८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...