back
CTIZAN AD

बेनी नगरपालिकाले हात पार्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

वि.सं.२०७९ फागुन १४ आइतवार

702 

shares

बेनी । म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई क्रमशः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । लगातार तीनपटक नै विजेता बन्न सफल बेनीले रनिङ शिल्ड नै राखेकोे छ । प्रतियोगितामा जिल्लाका छ पालिकामा सम्पन्न विद्यालय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ ४८ पदकमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मङ्गला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

वि.सं.२०७९ फागुन १४ आइतवार ०८:५० मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...