back
CTIZAN AD

टर्‍यो मुख्यमन्त्री शाहको सकस : विश्वासको मत दिन माओवादी सहमत

वि.सं.२०७९ फागुन २१ आइतवार

813 

shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । माओवादी केन्द्रले आफ्नो सुदूरपश्चिम प्रदेश संसदीय दललाई मत दिन निर्देशन दिएको हो ।

केन्द्रको निर्देशनपछि संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय लिने तयारी गरिएको प्रदेश संसदीय दलका नेता खगराज भट्टले जनाएका छन् ।

यसअघि माओवादी केन्द्रको प्रदेश कमिटीले ‘यथास्थितिमा विश्वासको मत दिन नसकिने’ भनेको थियो । तर, केन्द्रदेखि सबै प्रदेश तहमा पनि सहकार्य गर्ने तयारी गरिरहेका बेला कांग्रेस र माओवादी केन्द्रको शीर्ष तहको छलफल पछि दिन सहमति भएको हो ।

गत माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आइतबार विश्वासको मत लिँदैछन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई बहमुत पुर्‍याउन २७ सांसदको आवश्यकता पर्दछ । तर, कांग्रेससँग मात्रै १९ सांसद छन् । जसको लागि अन्य पार्टीले सहयोग गर्नुपर्छ ।

यदि १० सिट भएको माओवादी केन्द्रले मात्रै सघाएमा पनि सहजै बहुमत पुग्नेछ । प्रदेशमा सभामुखसहित माओवादी केन्द्रसँग ११ सांसद छन् ।

माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीले मत दिएमा शाहको पक्षमा दुई तिहाई बढीको समर्थन पुग्नेछ ।

सम्बन्धित समाचार

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ फागुन २१ आइतवार ११:२८ मा प्रकाशित

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...