back
CTIZAN AD

विदेशी लगानीलाई प्राेत्साहित गर्ने नीति : कम्पनी दर्ता गर्न बन्याे छुट्टै डेस्क

वि.सं.२०७९ फागुन २९ सोमवार

840 

shares

काठमाडाैं । प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।

उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरूपता हुने अपेक्षा गरिएको उक्त कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार महेश बरालले नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिकामा निर्वाह गर्ने अपेक्षाले छुट्टै डेस्क सञ्चालनमा ल्याइएको बताए ।

उक्त डेस्कले कम्पनीको प्रस्तावित नामलाई छोटो माध्यमबाट स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार पारी पेस गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण गर्नेछ । डेस्क स्थापनापश्चात् प्रत्यक्ष विदेशी लगानी भएका कम्पनी दर्ता एवम् विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताका लागि दस दिनभित्र काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

कार्यालयले अनलाइनमार्फत आफूँ सम्वद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्यक्ष विदेशी लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यु छनोट गरी विवरण पेस गर्नुपर्ने जनाएको छ । पेस भएका निवेदनको अलग्गै सूची तयार हुने र सम्बन्धित डेस्कले शीघ्र निवेदनअनुसार जानकारी गराउने प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७९ फागुन २९ सोमवार १७:०८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...