back
CTIZAN AD

निबन्धकार नयाँघरेलाइ साहित्य कलाश्री पुरस्कार

वि.सं.२०७९ चैत १ बुधवार

735 

shares

दमक, झापा । साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते दमक, झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरुलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

भवानी मिश्र पुरस्कारबाट चुडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत भएका छन् ।

त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ ।

त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ ।

यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मान पत्र, स्मृति चिन्ह रहेको छ ।

साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनौट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधकहरु समेटिएको उल्लेख छ ।

वि.सं.२०७९ चैत १ बुधवार १२:३७ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...