back
CTIZAN AD

सहकारी संचालक भन्छन्–सबै सहकारी संस्थालाई शङ्काको दृष्टिले नहेरौं

वि.सं.२०७९ चैत २ बिहीवार

762 

shares

काठमाडौँ । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरुको आग्रह छ । सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताए ।

समितिले यसबीचमा बचतकर्ताको रु ४५ करोड फिर्ता गराइसकेको छ भने एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको सचिव रेग्मीले जानकारी दिए ।

मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासङ्घका पदाधिकारीसँग आग्रह गरेका छन् । मन्त्रालयले सबै जिल्ला सङ्घलाई यस्तो भूमिका निभाउन आग्रह गर्दै सहकारी महासङ्घमार्फत निर्देशन पठाइसकेको छ ।

महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाव दिए । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराए ।

विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको जानकारी दिए । कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए । रासस

 

वि.सं.२०७९ चैत २ बिहीवार ०८:०८ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

अब बनाउने होईन त आफ्नै  घर ज्योती होम लोनको साथमा ?

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...