back
CTIZAN AD

हत्या अभियोगमा फरार रहेका व्यक्ति युएईबाट पक्राउ

वि.सं.२०७९ चैत २ बिहीवार

723 

shares

काठमाडौँ । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ ।

उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो ।

चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो ।

प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो । एनसिबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो ।

त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई आज नेपाल ल्याएको हो । उनलाई लिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली युएई गएको थियो । रासस

 

 

वि.सं.२०७९ चैत २ बिहीवार २०:१९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...