back
CTIZAN AD

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित

वि.सं.२०७९ चैत ७ मंगलवार

837 

shares

(काठमाडौँ ) ब्लान्टायर (मलावी) । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् ।

यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार तीन सय ३२ जना घाइते भएका छन् भने चार सय २७ जना हराइरहेका जनाएको थियो ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । विस्थापित परिवारको व्यवस्थापनका निम्ति तीन सय ३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन् ।

मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु¥याइएको छ ।

देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसतभन्दा अधिक वर्षा भएर प्रभावितमध्येका तीन जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ ।

चक्रवात प्रभावित क्षेत्रको भ्रमणपछि मलावीका राष्ट्रपति लाजरस चकवेरालले विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था एवम् कम्पनीसँग सहायताका निम्ति अपिल गरेका थिए । राष्ट्रपतिको अपिलअनुरुप ती निकायले सहायता परिचालन गरे पनि त्यो पर्याप्त नभएको राहत तथा उद्धारमा संलग्न अधिकारीहरूले गुनासो गरेका छन् ।

यसैबीच, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ । (रासस÷सिन्ह्वा)

 

वि.सं.२०७९ चैत ७ मंगलवार १३:०६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...