back
CTIZAN AD

चैते दशैँका लागि खुला गरियो त्रिशूली देवीको मन्दिर

वि.सं.२०७९ चैत ८ बुधवार

846 

shares

जलेश्वर । चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ ।

त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा प्रख्यात छ । यहाँ विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट त्रिशूली देवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

 

वि.सं.२०७९ चैत ८ बुधवार १३:४२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...