Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

बिहीबार भारत जाँदै व्हीलचेयर क्रिकेट टोली, को–को जाँदैछन् त ?



काठमाडौं । व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् ।

टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् ।

मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्ने छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको