back

पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार

270 

shares
NTC AD
Global IME AD

काठमाडौं । कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ‘Learn. Save. Earn’ स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘Global Money Week’ को एघारौं संस्करण ‘Plan your money, plant your future’ भन्ने नाराका साथ यस वर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।

यहि उपलक्षमा बैंकले पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस विद्यालयको कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रोडक्टहरु र त्यसको उपयोगिता का अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

वि.सं.२०७९ चैत १३ सोमवार १२:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...