back
CTIZAN AD

प्रधानमन्त्रीविरुद्ध नारा लगाएपछि थुनामा परेका युवाको रिहाइ गर्न महामन्त्री शर्माको माग

वि.सं.२०७९ चैत १४ मंगलवार

798 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नारा लगाएपछि जेल चलान गरिएका तीन युवालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

गत चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नारा लगाएका तीन युवालाई जेल चलान गरिएपछि शर्माले रिहाइको पहल गर्न माग गरेका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो !, शर्माले ट्विट गर्दै भनेका छन्, ‘ सम्माननिय प्रधानमन्त्रीज्यु ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न ÷ गराउन अविलम्ब पहलको माग गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि थुनामा रहेका बाग्लुङका ३० वर्षीय सोम शर्मा, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्कालाइ अभद्र व्यवहार मुद्दामा चैत १२ गते ५÷५ हजार धरौटी तोकिएपनि उनीहरुले धरौटी नबुझाएपछि जेल चलान गरिएका थियो ।

वि.सं.२०७९ चैत १४ मंगलवार १३:१७ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...