back
CTIZAN AD

गीत

वि.सं.२०७९ चैत २५ शनिवार

993 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

चन्द्रमामा खाजा खान्छन् मङ्गलमा खाना
यता भने बज्छ किन थोत्रो कर्कस गाना ।

आमा गर्छिन् मेला पर्म बाबु हलो जोत्छन्
पसिनामा पोतो चोब्दै यही धरती पोत्छन्
धाँजाधाँजा कुर्कुचा छन् कलेटी छ ओठमा
तर पनि सन्तुष्टिको मल्हम लाउँछन् चोट्मा ।

मीठो खानु राम्रो लाउनु एकादेशको कुरा
गरीबका मनका इच्छा कस्का हुन्छन् पूरा
इच्छाशक्ति बनेको छ हौसला र साथी
आकाश जत्रो मनलिई उड्छु माथिमाथि ।

चन्द्रमामा खाजा खान्छन् मङ्गलमा खाना
यता भने बज्छ किन थोत्रो कर्कस गाना ।

वि.सं.२०७९ चैत २५ शनिवार ०९:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...