back
CTIZAN AD

तपाई दिनहुँ हिँड्नुहुन्छ ? यदि छैन भने आजैबाट सुरु गरिहाल्नुस् !

वि.सं.२०७९ चैत २६ आइतवार

1.2K 

shares

दिनहुँ बिहान वा वेलुका एक घण्टा वा आधा घण्टा हिँड्नु स्वास्थ्यका लागि निकै फाइदा भएको स्वास्थ्यविज्ञ बताउँछन् । शरीर जबसम्म स्वस्थ रहन्छ तबसम्म हामीलाई लाग्छ ‘म फिट छुँ । खाना पनि मिलाएरै खाएको छु यातफेरि स्वास्थ्यमा कुनैपनि समस्या छैन ।’ तर, त्यसका अलावा शरीरका लागि चाहिने र गर्नुपर्ने धेरै कुरा छन् । जसका कारण शरीर स्वस्थ रहन्छ अनि रोग लाग्नबाट बचाउँछ ।

स्वास्थ्य विज्ञका अनुसार दिनहुँ हिँड्नु भनेको धेरै प्रकारका रोग लाग्नबाट बच्नु पनि हो । आउनुहोस् जानौ हाम्रो शरीरको एक/एक अंग कति महत्पूर्ण छन् र यसलाई स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? अनि दिनहुँ हिँड्नाले के फाइदा गर्दछु ? हिँड्नुलाई अन्य विधि भन्दा पनि सुरक्षित र सरल व्यायाम मानिन्छ । यसले शरीरका अंगलाई सुरक्षित राख्नुका साथै मानसिक तनावबाट मुक्त हुन समेत सहयोग गर्दछ ।

१- दिनहु पैदल हिँड्नुले तपाईको वजन कम हुन्छ । जुन तपाईको स्वास्थ्यका लागि अत्यधिक महत्वपूर्ण हुन्छ ।

२- पैदल हिँड्नाले मुटु स्वस्थ्य रहनुका साथै मुुटु सम्बन्धी समस्या कम हुँदै जान्छ ।

३ -तनाव कम हुन्छ । जब तनाव कम हुन्छ अनि तपाईको मुड पनि राम्रो हुन्छ र दिनभर ताजा महसुस गर्नुहुनेछ ।

४ -दिनहुँ हिड्नाले तपाईको सुन्दरतामा निखारता ल्याउँछ ।

५–दिनहुँ हिँड्नाले तपाईको मिर्गौला स्वस्थ रहनुका साथै मिर्गौला सम्बन्धी समस्याको खतरा समेत कम हुन्छ ।

६–दिनहुँ हिँड्नाले तपाईको शरीरमा उर्जाको स्तर बढ्न थाल्छ । त्यसलाई तपाईलाई दिनभरी सक्रिय रहन सहयोग गर्दछ ।

७–बिहाँनमा मर्निङ वाक गर्नाले क्यान्सर लगायतका गम्भीर रोगबाट पनि बच्न सकिन्छ ।

८–हिड्नाले तपाईलाई समयमा निद्रा लाग्दछ । समयमै सुत्नाले बिहाँन शरीरमा उर्जा बढ्ने र त्यसले दिनभर सक्रिय बनाउदछ ।

९- क्यालोरी राम्रो खपत हुन्छ । त्यसले वजन कम गराउन सहयोग गर्दछ ।

१०- मानसिक स्वास्थ्यमा सुुधार आउने र मानसिक अवस्था शान्त रहन्छ ।

११ -दिनहुँ बिहाँन हिँड्नाले सुगर नियन्त्रण गर्न सहयोग गर्दछ । साथै रक्त संचार मजवुत हुन्छ । रक्त संचार राम्रो हुँदा स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।

१२– पाचन क्रियामा सुधार आउँछ । जसले पाइल्स, फिस्टुला लगायतका विमारीबाट टाढा राख्दछ ।

१३–पैसाको बचत हुन्छ । जीम, एक्सरसाइज, जुम्बा लगायतका विभिन्न शिर्षकमा हुने खर्च घट्दछ । हिँड्नुलाई अत्यन्तै सस्तो तथा पैसा नलाग्ने र अत्यन्तै फाइदा हुने व्यायामका रुपमा लिइन्छ ।

१४-दिनहँ हिड्नाले तपाई धेरै रोग लाग्नबाट बच्न सक्नुहुन्छ । सुगर, प्रेसर, मुटुको समस्या लगायतका समस्या हुनबाट बच्ने र यदि रोग लागेको छ भने पनि यसले कमगर्न सहयोग गर्दछ ।

१५–तपाई उत्साहित बन्नुहुन्छ । यसले आत्म विश्वास बढाउनुका साथै आत्मविश्वास जीवनको सफलताका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

१६–शरीरमा लचकता आउँछ । त्यसले तपाईलाई जवान राख्न सहयोग गर्दछ ।

१७- दिनहुँ हिँड्नाले तपाईको शरीरमा इम्युनिटी बढ्ने र यसले धेरै प्रकारका विमारीबाट बन्च सहयोग गर्दछ ।

१८-दिनहुँ हिँड्नाले ग्यास्टिक, कब्जियत लगायतका धेरै समस्याबाट बच्न सकिन्छ ।

१९–दिनहुँ हिँड्नाले एन्जाइटीको समस्या कम हुने तथा डिप्रेशन हुनबाट बच्न सकिने । ऐजेन्सीको सहयोगमा

 

 

वि.सं.२०७९ चैत २६ आइतवार १२:१० मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...