back

तपाई दिनहुँ हिँड्नुहुन्छ ? यदि छैन भने आजैबाट सुरु गरिहाल्नुस् !

वि.सं.२०७९ चैत २६ आइतवार

330 

shares
NTC AD
Global IME AD

दिनहुँ बिहान वा वेलुका एक घण्टा वा आधा घण्टा हिँड्नु स्वास्थ्यका लागि निकै फाइदा भएको स्वास्थ्यविज्ञ बताउँछन् । शरीर जबसम्म स्वस्थ रहन्छ तबसम्म हामीलाई लाग्छ ‘म फिट छुँ । खाना पनि मिलाएरै खाएको छु यातफेरि स्वास्थ्यमा कुनैपनि समस्या छैन ।’ तर, त्यसका अलावा शरीरका लागि चाहिने र गर्नुपर्ने धेरै कुरा छन् । जसका कारण शरीर स्वस्थ रहन्छ अनि रोग लाग्नबाट बचाउँछ ।

स्वास्थ्य विज्ञका अनुसार दिनहुँ हिँड्नु भनेको धेरै प्रकारका रोग लाग्नबाट बच्नु पनि हो । आउनुहोस् जानौ हाम्रो शरीरको एक/एक अंग कति महत्पूर्ण छन् र यसलाई स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? अनि दिनहुँ हिँड्नाले के फाइदा गर्दछु ? हिँड्नुलाई अन्य विधि भन्दा पनि सुरक्षित र सरल व्यायाम मानिन्छ । यसले शरीरका अंगलाई सुरक्षित राख्नुका साथै मानसिक तनावबाट मुक्त हुन समेत सहयोग गर्दछ ।

१- दिनहु पैदल हिँड्नुले तपाईको वजन कम हुन्छ । जुन तपाईको स्वास्थ्यका लागि अत्यधिक महत्वपूर्ण हुन्छ ।

२- पैदल हिँड्नाले मुटु स्वस्थ्य रहनुका साथै मुुटु सम्बन्धी समस्या कम हुँदै जान्छ ।

३ -तनाव कम हुन्छ । जब तनाव कम हुन्छ अनि तपाईको मुड पनि राम्रो हुन्छ र दिनभर ताजा महसुस गर्नुहुनेछ ।

४ -दिनहुँ हिड्नाले तपाईको सुन्दरतामा निखारता ल्याउँछ ।

५–दिनहुँ हिँड्नाले तपाईको मिर्गौला स्वस्थ रहनुका साथै मिर्गौला सम्बन्धी समस्याको खतरा समेत कम हुन्छ ।

६–दिनहुँ हिँड्नाले तपाईको शरीरमा उर्जाको स्तर बढ्न थाल्छ । त्यसलाई तपाईलाई दिनभरी सक्रिय रहन सहयोग गर्दछ ।

७–बिहाँनमा मर्निङ वाक गर्नाले क्यान्सर लगायतका गम्भीर रोगबाट पनि बच्न सकिन्छ ।

८–हिड्नाले तपाईलाई समयमा निद्रा लाग्दछ । समयमै सुत्नाले बिहाँन शरीरमा उर्जा बढ्ने र त्यसले दिनभर सक्रिय बनाउदछ ।

९- क्यालोरी राम्रो खपत हुन्छ । त्यसले वजन कम गराउन सहयोग गर्दछ ।

१०- मानसिक स्वास्थ्यमा सुुधार आउने र मानसिक अवस्था शान्त रहन्छ ।

११ -दिनहुँ बिहाँन हिँड्नाले सुगर नियन्त्रण गर्न सहयोग गर्दछ । साथै रक्त संचार मजवुत हुन्छ । रक्त संचार राम्रो हुँदा स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।

१२– पाचन क्रियामा सुधार आउँछ । जसले पाइल्स, फिस्टुला लगायतका विमारीबाट टाढा राख्दछ ।

१३–पैसाको बचत हुन्छ । जीम, एक्सरसाइज, जुम्बा लगायतका विभिन्न शिर्षकमा हुने खर्च घट्दछ । हिँड्नुलाई अत्यन्तै सस्तो तथा पैसा नलाग्ने र अत्यन्तै फाइदा हुने व्यायामका रुपमा लिइन्छ ।

१४-दिनहँ हिड्नाले तपाई धेरै रोग लाग्नबाट बच्न सक्नुहुन्छ । सुगर, प्रेसर, मुटुको समस्या लगायतका समस्या हुनबाट बच्ने र यदि रोग लागेको छ भने पनि यसले कमगर्न सहयोग गर्दछ ।

१५–तपाई उत्साहित बन्नुहुन्छ । यसले आत्म विश्वास बढाउनुका साथै आत्मविश्वास जीवनको सफलताका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

१६–शरीरमा लचकता आउँछ । त्यसले तपाईलाई जवान राख्न सहयोग गर्दछ ।

१७- दिनहुँ हिँड्नाले तपाईको शरीरमा इम्युनिटी बढ्ने र यसले धेरै प्रकारका विमारीबाट बन्च सहयोग गर्दछ ।

१८-दिनहुँ हिँड्नाले ग्यास्टिक, कब्जियत लगायतका धेरै समस्याबाट बच्न सकिन्छ ।

१९–दिनहुँ हिँड्नाले एन्जाइटीको समस्या कम हुने तथा डिप्रेशन हुनबाट बच्न सकिने । ऐजेन्सीको सहयोगमा

 

 

वि.सं.२०७९ चैत २६ आइतवार १२:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...