back
CTIZAN AD

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

वि.सं.२०७९ चैत २९ बुधवार

750 

shares

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । “लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ”, अध्यक्ष घिमिरेले भने, “सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अघि बढाउन आग्रह गर्छु ।”

उनले प्रधानमन्त्री, सभामुखलगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएकोप्रति सैह्य नभएको बताए । प्रधानन्यायाधीश छिटो नियुक्तीबारे ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने र आफूहरुले दिएको समयसीमाबारे जानकारी गराउने समेत उनकोे भनाइ छ ।

उनले न्यायापालिकाको भ्रष्टाचार, विकृति–विसङ्गति अन्त्य गर्नका लागि तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गरे । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा पाँच, उच्च अदालतमा ५० र जिल्ला अदालत चार न्यायाधीश पद रिक्त रहेको उनले बताए ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरे । उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलाइ हुँदा समग्र न्यायापालिकामा असर परेको बताए ।

बारले न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य सम्बन्धमा, पेसी व्यवस्थापन पूर्ण स्वचालित प्रणालीद्वारा गर्ने, पूर्वप्रधानन्यायाधीशउपरको विचाराधीन महाभियोग प्रस्तावलाई अन्तिम किनारा लगाउने र न्यायाधीश नियुक्ति मापदण्ड खारेज गरी सल्लाह सुझावमा वैज्ञानिक पद्धति अपनाउन माग गरेको छ ।

वि.सं.२०७९ चैत २९ बुधवार १६:११ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...