back
CTIZAN AD

एनआरएनए सेसेल्सको समन्वय र पहलमा घुम्ती पासपोर्ट टोली सेसेल्स आउने

वि.सं.२०७९ चैत २९ बुधवार

1.8K 

shares

काठमाडौं । एनआरएनए सेसेल्सको समन्वयमा सेसेल्समा कार्यरत नेपालीहरुका लागि नेपाली दूतावास प्रिटोरिया, दक्षिण अफ्रिकाले राहदानी घुम्ती सेवा दिने भएको छ ।

दूतावासले २०८०, जेठ ३० र ३१ तदानुसार १३ र १४ जुन २०२३ मा घुम्ती सेवा दिने भएको हो ।

झन्डै पन्ध्रसयको हाराहारीमा नेपालीहरु कार्यरत सेसेल्समा सबैजसो करारमा रहेका छन् । सिसेल्समा नेपाल सरकारको कुनै कुटनीतिक नियोग नरहेको र नेपालीहरुका समस्या सम्बोधन एनआरएनएले गर्दै आएको छ । संघले राहदानी नवीकरणका लागि दुतावाससँग प्रत्यक्ष समन्वय गरि यहाँ रहेका नेपालीहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको छ ।

परराष्ट्र मन्त्रालय राहदानी बिभागको २०७९/०७/२३ को परिपत्रलाई सुचित गर्दै नेपाली दुतावास दक्षिण अफ्रिकाले जारि गरेको सूचना अनुसार राहदानीको बुकलेट विभागमा नरहेको र अब विधुतीय राहदानी मात्र नवीकरण हुने र उक्त राहदानीका लागि भौतिक रुपमा सम्बन्धित व्यक्ति राजदूतावास दक्षिण अफ्रिकामा उपस्थित हुनुपर्ने वा नेपाल फर्केपछि मात्र उक्त नवीकरण सम्भव हुने भएपछि सेसेल्समै रहेर राहदानी नवीकरण गर्नुपर्ने अवस्थामा रहेका नेपालीहरु केहि तरंगित हुनुपरेको थियो उक्त समस्यालाई मध्यनजर गर्दै समस्या हलका लागि एनआरएन सेसेलसले निरन्तर दूतावाससंग समन्वय गर्दै आएको थियो ।

पासपोर्ट नवीकरण मोबाइल किट राजदूतावास आइपुग्नलाई केहि समय लागेका कारण केहि ढिला भएतापनि अफ्रीका महादेशमै पहिलोपटक राहादानी घुम्ती सेवा एनआरएनए सेसेल्सको प्रत्यक्ष समन्वयमा सेसेल्स ल्याउन सफल भएकोमा एनआरएनए सेसेलस परिवारले धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै विभिन्न कार्यमा सहर्योग गरिदिने एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद अफ्रिका उपसंयोजक आरपी पन्त, राजदूत दान बहादुर तामांङ साथै दूतवासका कर्मचारीहरुप्रति अध्यक्ष मनोज विकले हार्दिक आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७९ चैत २९ बुधवार १५:५७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...