हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम,
धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम ।
नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता,
भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम ।
ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई,
खै कल्ले ल्याउ्ला क्रेन र हटाउला देश्को जाम ।
जति पनि छन् ह्याँ औसर् खै कहाँ छ बेरोजगारी,
बेच्नेले बेचेकै छन् इमान् नबिके नि राम्रो काम ।।।