back
CTIZAN AD

रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी

वि.सं.२०७३ चैत ३० बुधवार

861 

shares

३० चैत,धनगढी  । धनगढी प्रिमियर लिग(डीपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् ।

शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा काठमाडौँ गोल्डेन्सले विराटनगर किङ्गसलाई ८६ रनले पराजित गरेको छ ।

सेती अञ्चल प्रहरी मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गर्दै रुपन्देहीले छ विकेट गुमाएर १२९ रन बनायो । रुपन्देहीका लागि राजेश पुलामीले ३१ तथा प्रकाश केसीले २९ रन बनाए । पुलामी र केसीकाबीच छैटौँ विकेटका लागि ६१ रनको साझेदारी भएको थियो । सिवाईसी अत्तरियाले रुपन्देहीको खातामा २८ अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ अत्तरियाका विनोद लामा र प्रदीप ऐरीले समान दुई÷दुई विकेट लिए ।

राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको अत्तरिया टिम एकसय ३० रनको लक्ष्य पछ्याउने क्रममा ८७ रनमै समेटियो । अत्तरियाका लागि मल्लले ३० रन, विनोद लामाले १८ र अविानश वोहोराले १४ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका सहव आलमले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै ८ रन दिए । वेल्स क्याफे म्यान अफ द म्याच भएका आलमले रु १० हजार पुरस्कार पाए । यस्तै विक्रम सोवले दुई विकेट लिए ।

आज भएको दोस्रो खेलमा टस जितेर व्याटिङ गर्दै काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले २७ बलमा अविजित ४४ रन, सोमपाल कामीले २० बलमा ३९, वसन्त रेग्मीले २४ बलमा ३०, सुभेन्दु पाण्डेले २५ बलमा २७ तथा नरेश बुढाऐरले १३ रनको योगदान दिए ।

बलिङतर्फ विराटनगर किङ्गसका शरद भेषवाकरले दुई तथा सुशील कँडेल र सन्दिप लामिछानेले एक÷एक विकेट लिए ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगरले १९औँ ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो । विराटनगरका लागि दिपेन्द्रसिंह ऐरीले २४ बलमा ३१ रन र कप्तान शरद भेषवाकरले १३ रन बनाए ।

बलिङतर्फ काठमाडौँका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई÷दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक÷ एक विकेट लिए । खेलको ‘वेल्स क्याफे म्यान अफ द म्याच’ वनेका सुमित महर्जनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

बिहिबार धनगढी र कञ्चनपुर आईकोनिकबीच तथा विराटनगर किङ्गस र सिवाईसी अत्तरीयाबीच खेल हुने प्रतियोगिताका संयोजक सुवास शाहीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ चैत ३० बुधवार १५:१० मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...