back
CTIZAN AD

सामसङ र नबिल बैंकबीच सहकार्य, मोबाइल खरिदमा क्यासव्याकको आकर्षक योजना

वि.सं.२०८० वैशाख ५ मंगलवार

888 

shares

काठमाडौं । सामसङले हालै बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

यस योजनाको लागि सासमसङले नबिल बैंकसंग १२ अप्रिलमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु.२०००÷ क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको र उपलब्ध भएदेखि नै तिन्मा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भनें यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध रहेको र त्यसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको कम्पनीले जनाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको बताइएको छ । ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १२:५६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...