काठमाडौं । सिद्घार्थ बैंकले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ११.७५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने जनाइएको छ ।
यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको बैंकले जनाएको छ ।
वि.सं.२०८० वैशाख ६ बुधवार १०:०२ मा प्रकाशित





























