काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
मंगलबार भएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कोषका कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल कर्जा विभाग प्रमुख अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० वैशाख ६ बुधवार १०:०४ मा प्रकाशित





























