back
CTIZAN AD

खुल्यो नेपालमै बनेका सवारी दर्ता गर्ने प्रक्रिया

वि.सं.२०८० वैशाख १४ बिहीवार

771 

shares

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमै बनेका सवारी साधन दर्ता गर्ने प्रक्रिया खुला गरेको छ । सरकारको निर्देशनपछि यातायात व्यवस्था विभागको बुधबार बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गर्दै दर्ता प्रक्रिया खुला गरिएको हो । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै कार्यविधि निर्देशिका संशोधन गरिएको जनाएको हो ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो। नयाँ व्यवस्थाअनुसार अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रजोजनका लागि प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।

त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनस् दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ।

नेपालमै बनेका सवारी साधन दर्ता प्रक्रिया नहुँदा सञ्चालन आउन कठिन भएको थियो । ‘यात्री’ नामको कम्पनीले आफ्नो उत्पादन बिक्री गर्न नसकेपछि कम्पनी बन्दै हुने अवस्थामा पुगेको थियो । जुन घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यविधि संशोधन गर्न निर्देशन गरेका थिए । जसको आधारमा सरकारले नयाँ व्यवस्था ल्याएको हो ।

वि.सं.२०८० वैशाख १४ बिहीवार १२:३७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...