Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

लुम्बिनीमा ५३ सांसदको हस्ताक्षरसहित कांग्रेस चौधरीद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस



काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आठ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गरेका हुन् ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ मा विश्वासको मत माग्दै प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि प्रदेशमा नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित पाँच दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १र१ जनासहित ५३ जनाको समर्थन छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब