back
CTIZAN AD

सुसेली

वि.सं.२०८० वैशाख १६ शनिवार

957 

shares

पुनम घिमिरे, गोकर्णेश्व ३, काठमाडौँ


हृदय भरि
आउछ याद उस्कै
लौ घरिघरि


शान्ति अंगालौ
हत्या हिंसा छोडेर
माया संगालौ


हाम्रो चलन
नून आलो घाउमा
भयो जलन


भाषाभेषको
औधि माया देशको
परिवेशको


नारि महिमा
विश्व भरि प्रसिद्ध
हाम्रो गरिमा


तामझाम भो
सबै जोगि उस्तै हो
छलछाम भो


निलो गगन
चन्द्रमा झै उज्यालो
माया बनन्


बिगारे मति
निमूखाको फेरिएन्
जीवन गति


सत्य धर्मले
कस्तुरी झै वाशना
राम्रो कर्मले

१०
हावा सिरिरि
लौ कुसुमे रुमाल
भयो फिरिरि

 

वि.सं.२०८० वैशाख १६ शनिवार ०९:४५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...