राजेन्द्र प्रधान ’पासा’,दार्जीलिङ
१.
जति नै राम्रो गर्दा पनि गँगेटे बुद्धि जाग्दैन,
पूर्वाग्रह मानसिकता कहिले काम लाग्दैन ।
२.
सपना उड्यो थुप्रै थुप्रै उता विदेशी माटोमा,
मोलभाउ हुन्छ ज्यानको पनि पैसाको साटोमा ।
३.
न तड्पाउ सुन्दरी त्यो आँखाले मोहनी लगाई,
सपनीमा आई भागिजान्छौ निद्राबाट भगाई ।
४.
तिम्रो रूपको वर्णन म कहाँबाट गरौँ,
प्रीतिको यो भवसागर कसरी म तरौँ ।
५.
साँचो माया पाउँन अति गाह्रो छ अहिले,
धेरै विस्वास गर्दा धोका पाइन्छ जहिले ।
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:४७ मा प्रकाशित






























