भुवन शिवाकोटी चौघरे, काठमाडौँ
यो देश
घुच्चुकमा आँखा भएकाहरूको देश
मुट्ठीभर बुद्धिजीवी
बिज्ञहरूका
देशको भविश्य नदेख्ने
अधरमै टालिएका आँखा छन्
मथिङ्गलमा
सिर्जनशीलता प्राय शून्य छ
वरिपरि
भुँवरीमात्र देख्ने ती टालिएका आँखाले
आफै हिडेको बाटोमात्र देख्छन्
देश र नागरिक
हिड्ने
हिडाउने बाटो
देख्दैनन्
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:४९ मा प्रकाशित






























