back
CTIZAN AD

शरीरमा पानी कम हुँदा के–के आउँछ समस्या ?

वि.सं.२०८० वैशाख १८ सोमवार

1.3K 

shares

काठमाडाैं । जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।

१. थकान

पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।

२. दम

जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ। जसका कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ। पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ। यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

३. रक्तचाप

गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको र गतमा मौजूद पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरैपानी खाने सल्लाह दिइन्छ। उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ। शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ।

४. उच्च कोलेस्टेरोल

उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ। जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्माण गर्छ। यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन ।

५. छालासम्बन्धी समस्या

पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ। छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ। यसले पानीको स्तर पनि नियन्त्रित गर्छ। पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ। डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ।

६. पाचनसम्बन्धी समस्या

शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौं समस्या निम्तन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउन पनि पानी आवश्यक हुन्छ।

७. तौल बढ्ने

खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ। पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ।

८. मानसिक स्वास्थ्यमा असर

डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ।

९. मधुमेह

मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ। योभन्दा बढी भयो भने कमजोरी महसूस हुन्छ र शरीरमा पानीको कमी हुन्छ।

१०. जोर्नीमा प्रभाव

पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ। यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ। शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ। रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ।

११. मृगाैलाकाे समस्या

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निमाृण हुन्छ। यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरतहुन्छ। पानी कमहुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन्। स्रोत: वान्लीमाइ हेल्थबाट

वि.सं.२०८० वैशाख १८ सोमवार १२:५३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...