back
CTIZAN AD

टेक्सासमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

वि.सं.२०८० वैशाख २५ सोमवार

786 

shares

ब्राउन्सभिल । टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ ।

निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको छ । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ ।

द हिलले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार विभिन्न समुदायका आप्रवासी र घरबारविहीन व्यक्तिहरूको लागि आश्रयस्थल जस्तै बनेको ब्राउन्सभिलको ओजानम सेन्टर नजिकै रहेको बस स्टपमा एउटा कार भीडमा ठोक्किएपछि सो दुर्घटना भएको हो। ब्राउन्सभिल एक सीमावर्ती शहर हो जहाँ मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बसाइँ रहेको छ ।

प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा लिइएको र अहिले क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका र २४ घण्टा निगरानीमा रहेका चालकको बारेमा थप जानकारी दिइएको छैन । (रासस–एएनआई)

वि.सं.२०८० वैशाख २५ सोमवार १७:२९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...