
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै उच्च नेतृत्व तह मुछिन थालेपछि राजनीति तरंगित भएको छ । नेताहरु धमाधम पक्राउ परिरहेका बेला सरकार नै के हुने अन्योल देखिएको छ । यस्तोमा कांग्रेसका युवा नेताहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका छन् ।
बुधबार गृहमन्त्री श्रेष्ठलाई भेटेर कांग्रेसका युवा नेताहरुलाई गृहमन्त्रालयको कामप्रति ऐक्यबद्धता जनाए । उनीहरुले कसैको दबाबमा नपरी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गरिनुपर्ने भन्दै आफुहरुको पूर्ण सहमति हुने जनाए ।
गृहमन्त्रीलाई भेट्न पुगेका नेता रञ्जित कर्णले भने, “कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गरिनुपर्दछ भनेर हामीले गृहमन्त्रीलाई भनेका छौं, सरकारको काममा हाम्रो पूर्ण साथ रहने पनि प्रतिबद्धता जनाएका छौं ।”
गृहमन्त्री श्रेष्ठलाई भेट्न कर्णसहित केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत पुगेका थिए ।