back
CTIZAN AD

संसदमा कांग्रेस नेतृ आरजुको आक्रोश–दिसइज रेप अफ माइ क्यारेक्टर’

वि.सं.२०८० जेठ १ सोमवार

861 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुविरुद्ध आएका अडियो फेक भएको बताएकी छन् ।

उक्त अडियोको छानविन गर्नका लागि प्रहरीमा उजुरी दिएपनि ६ दिन वितिसक्दा पनि छानबिन हुन नसेकेको भन्दै उनले सोमबारको संसद बैठकमा आक्रोस पोखेकी हुन् ।

‘मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा संलग्न भनेर बनाइएको अडियो फरेन्सिक टेष्टका लागि सिबिआइ र साइवर क्राइममा दिएको थिए । त्यो दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नुहुन्न होला सत्ता पक्षको ठूलो नेताको श्रीमती भनेर,’ उनले भनिन्, ‘तीनघण्टा लाग्यो यो दर्ता गराउन । त्यसको पनि जवाफ गृहमन्त्रालयबाट चाहान्छु । दर्तामा अलमल किन ?’

६ दिन हुँदा पनि यो फेक हो की होइन भनेर किन बताउन नसकेको भन्दै राणाले भनिन्–अरुजस्तै म त झनै आतुर छु । फेक अडियो मेरो मात्र नभएर अरुको पनि बनेको छ । तर, नाम मेरो मात्र उच्चारण किन हुन्छ ? मलाई साच्चै भन्ने हो भने आज, एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर ।’

उनले फेक न्युज र फेक मिडियाको परकाष्टै पुगेको भन्दै भनिन् ‘म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो ।’

वि.सं.२०८० जेठ १ सोमवार १५:०६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...