
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुविरुद्ध आएका अडियो फेक भएको बताएकी छन् ।
उक्त अडियोको छानविन गर्नका लागि प्रहरीमा उजुरी दिएपनि ६ दिन वितिसक्दा पनि छानबिन हुन नसेकेको भन्दै उनले सोमबारको संसद बैठकमा आक्रोस पोखेकी हुन् ।
‘मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा संलग्न भनेर बनाइएको अडियो फरेन्सिक टेष्टका लागि सिबिआइ र साइवर क्राइममा दिएको थिए । त्यो दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नुहुन्न होला सत्ता पक्षको ठूलो नेताको श्रीमती भनेर,’ उनले भनिन्, ‘तीनघण्टा लाग्यो यो दर्ता गराउन । त्यसको पनि जवाफ गृहमन्त्रालयबाट चाहान्छु । दर्तामा अलमल किन ?’
६ दिन हुँदा पनि यो फेक हो की होइन भनेर किन बताउन नसकेको भन्दै राणाले भनिन्–अरुजस्तै म त झनै आतुर छु । फेक अडियो मेरो मात्र नभएर अरुको पनि बनेको छ । तर, नाम मेरो मात्र उच्चारण किन हुन्छ ? मलाई साच्चै भन्ने हो भने आज, एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर ।’
उनले फेक न्युज र फेक मिडियाको परकाष्टै पुगेको भन्दै भनिन् ‘म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो ।’