back
CTIZAN AD

इतिहास बुझे मात्र सही निष्कर्ष आउँछ

वि.सं.२०८० जेठ २ मंगलवार

1K 

shares

सम्भवतः इतिहास अध्ययनको सबैभन्दा महत्वपूर्ण पक्ष त्यसलाई वर्तमान र भविष्यको लागि पनि महत्वपूर्ण शिक्षा लिन प्रयुक्त गर्नु नै हो । त्यसमा हामी कुन ठूलो कमजोरी र गल्तीबाट बच्न सकिन्छ र कस्तो प्रेरणा प्राप्त गर्न सकिन्छ भन्ने कुरा अन्तरनिहीत रहन्छ । धेरै इतिहासका ज्ञाताहरु आजकल के तथ्यलाई स्वीकार गर्दछन् भने जस्तो किसिमले इतिहासलाई सामान्यरूपमा पढाइयो र चर्चित तुल्याइयो त्यसमा गम्भीर समस्या रहेका छन् । त्यसबाट त न इतिहासलाई सही अर्थमा बुझ्न सकिन्छ त आवश्यक शिक्षा नै लिन सकिन्छ ।

इतिहासलाई प्रायः प्रमुख राजा महाराजाहरु, साम्राज्यका कृयाकलापहरु, युद्धहरु र तिनको उदय र अस्त आदिका रूपमा मात्र प्रस्तुत गरिँदै आइएको छ । त्यसमा राजमहल र युद्धस्थलबाट हटेर सामान्य जनजीवनमाथि उचित ध्यान दिइएको पाइँदैन । यस कमजोरीलाई हटाउने प्रयासस्वरूप बितेका केही वर्षदेखि काम गर्न थालेको र सामान्य जनजीवनका बारेमा इतिहासकारहरुले केही महत्वपूर्ण पक्ष उजागर गर्न थालेको देखिन्छ । जसमा किसान, मजदुर श्रमजीबी वर्गको स्थितिका बारेमा, तिनको संघर्षको बारेमा केही उल्लेखनीय कार्य हुन थालेको देखिएको छ । आर्थिक सामाजिक बिषमतका बारेमा केही राम्रा जानकारीहरु प्राप्त हुन थालेका छन् । यति हुँदा हुँदै पनि जुन इतिहास विद्यार्थीहरुलाई समान्यतया पढाइने गरिन्छ त्यसमाथि इतिहासको यो परिवर्तनको समुचित प्रभाव परेको देखिँदैन । सबै किसिमका अध्ययन अनुसन्धानको अन्तिम उद्देश्य त कुनै न कुनै रूपमा एउटा सुन्दर र राम्रो तथा सद्भावपूर्ण एवम् सुरक्षित समाज निर्माण गर्नु नै हुनुपर्दछ । यदि यस दृष्टिले हेर्ने हो भने कुनै पनि क्षेत्रको इतिहासलाई महत्वपूर्ण विषय यिनले बनाउँदछन् ।

इतिहासको कुनै कालखण्डमा आपसी भाइचारा, समन्वय–सम्झौता तथा परस्पर सहयोगको माहोल अधिक सबल रहेको पाइन्छ, त्यो कुन कारणले गर्दा हो । कुनै समयमा मानिसले केवल समृद्धि मात्रै होइन सन्तोषलाई पनि समुचित महत्व प्रदान ग¥यो । कुन समयमा न्यायको जीवन–मूल्यलाई अधिक महत्व मिल्यो, कुन कालखण्डमा उच्च आदर्शबाट प्रेरित भएर मानिस व्यापक जनहितका मुद्दाहरुका लाागि अधिक अगाडि सरे । कुन समयमा मानिसहरुले बोट बिरुवा, जीवजन्तु आदिको रक्षाका लागि संवेदनशीलता र अग्रसरता देखाए । कुन समयमा मानिसहरुले भावी पिँढीको, भविष्यको लागि बढी ध्यान केन्द्रित गरे । यी ज्यादै महत्वका सबैभन्दा ठूलो सरोकारका विषयहरु हुन्, जसले यो हामी बसोबास गरेको धरतीको दुःख दर्दलाई हटाउने र मेटाउने काम गर्दछन् । वास्वतमा जब समाजमा भाइचार, सहयोग, न्याय र करुणा जस्ता कुरालाई जीवन मूल्यलाई सबल तुल्याइन्छ तब मात्रै सामाजिक दुःख दर्द कम भएर जान्छन् । यदि हामीले इतिहासको अध्ययनबाट यो बुझ्न सक्यौं भने कि समाजमा कुन समयमा यी जीवन मूल्यहरु निकै सबल बने तथा यस्तो माहोल बन्नमा कुन कारणहरु, प्रेरकहरुको मूख्य भूमिका रहेको थियो त्यो नै इतिहासको सबैभन्दा मूल्यवान योगदान हुनेछ ।

त्यसो त यो पृथ्वीमा लाखौं प्रकारमा प्राणीहरु छन् तर, केवल मानिसमा नै यो अद्वितीय क्षमता रहेको छ कि उसले सबै जीवजन्तु तथा प्रकृतिको रक्षाका बारेमा योजनाबद्ध किसिमले सोच्न सक्छ र अनुकूल तथा उपयुक्त कदम उठाउन सक्दछ । इतिहासको कुन काल खण्डमा मानिस यस प्रकारको भूमिकाको सबैभन्दा निकट पुग्न सक्यो र यसका लागि कहाँबाट प्रेरणा प्राप्त गर्‍यो भन्ने कुरा शायद इतिहासको सबैभन्दा अहम् विषय हुन सक्दछ । कतिपय मानिसहरु प्रगतिको आकंलनलाई यस्तो बिस्तार नदिएर केवल मानिसको आफ्नो स्थितिको आधारमा आकंलन गर्ने गर्दछन् । यसमा पनि उनीहरु केवल मानिसहरुको सुख–सुबिधाहरु, आय–सम्बृद्धि आदिलाई नै मात्र चर्चा गर्ने गर्दछन् । तर, जबसम्म यी कुराहरुमा सन्तोष, समता, न्याय आदि अत्यन्तै आवश्यक जीवन–मूल्यहरुलाई जोडिँदैन तबसम्म कुनै मनुष्य–केन्द्रित सही आकलन मात्र पनि पूरा हुन सक्दैन ।

सर्सरी नजर लगाउँदा आजभन्दा छ सय वर्ष पहिलासम्म अमेरिकी महाद्विपमा त्यहाँका मूल निवासीहरुको सदियौं पुरानो विकसित सभ्यता थियो । त्यसका केही बहुतै प्रेरणादायक जीवन–मूल्यहरु पनि चर्चित रहेका छन् । धेरै हदसम्म त्यस्तै स्थिति अष्ट्रेलिया महाद्विपको पनि रहेको हो, जहाँ अतिक्रमणकारी र आक्रामक यूरोपबासीहरु आएपछि त्यहाँका आदिवासीको त्यो मूल्य धेरै नै कम मात्र बचेर रहनसक्यो । त्यसपछिको त्यहाँको इतिहास मूलतः बाहिरी आगन्तुक मानिसहरुको इतिहास बनेर रहन गएको हामी पाउँदछौं ।

आज त्यो क्षेत्र आधुनिक विकासको चकाचौंधको प्रतीक बनेको पाइन्छ । तर, यदि कसैले यो प्रश्न उठायो भने कि त्यहाँका मूल निवासहरुको इतिहास के हो त्यसको उत्तर यही हुनेछ कि त्यो इतिहासलाई ठूलो मात्रामा संहार गरियो र बाँकीलाई यत्तिका धेरै अत्याचार सहनुपरेको थियो कि त्यहाँका मूल निवासी प्रायः पूर्णरूपले लुप्त हुन पुगे र कोही यता उता बाँचेका भए पनि अत्यन्तै नराम्रो अवस्थामा मात्र भेटिएको इतिहास छ । मानिसको प्रगतिको आकंलन यस आधारमा हुन सक्दछ कि ऊ समाजको दुःख दर्द कम गर्ने दिशामा कत्तिको सचेत रह्यो अनि मानिसलाई कतिबेला सबैभन्दा सन्तोषको अनुभव भयो, कुन बेला न्यायको भावनाबाट प्रेरित भएर मानिस ठूलो त्यागका लागि अधिक संख्यामा तयार भए ? यस किसिमका प्रश्नहरुको जवाफ हामी खोजि गरिरहन्छौं भने आजको वर्तमान समयका लागि पनि निकै नै महत्वपूर्ण शिक्षा प्राप्त गरिरहेका हुन्छौं । यस प्रयासको एउटा अर्को महत्वपूर्ण पक्ष के हुनेछ भने हामीले आफ्नो इतिहासमाथि दृष्टिपात गरेर हेरौं र कहिले कहिले यस्ता महत्वपूर्ण मूल्यहरुको अनुरूप सशक्त अवाहरुहरु हाम्रो देश या समाजमा उठे । तिनको के–कस्ता विशेषताहरु रहे, जसको आवाज यत्तिका गहिरो थियो कि त्यसले लाखौं मानिसहरुलाई प्रभावित तुल्यायो ।

यस सन्दर्भमा हामीले छिमेकी देश भारतको विद्धानहरुले इतिहासको खोजी गर्दा यस्ता चार कालखण्ड देखेको पाइन्छ । पहिलो यसमा इशाको छैठौं शताब्दीको अर्थात् आजभन्दा २६०० वर्षअघिको समय भनिएको छ । त्यतिबेला गंगाको मैदानमा या त्यसकै वरिपरी अनेक सुधारवादी, धार्मिक सम्प्रदायको जन्म भयो, जसले त्यतिबेला प्रचलित कुरीतिहरुको बिरोध गर्दै सादा जीवन, अहिंसा, मेलमिलाप र समानताको उच्च सन्देश दिएका थिए । तिनमा दुई सम्प्रदायको इतिहासको स्थायी प्रभाव बौद्ध र जैन धर्मकारूपमा भएको थियो । अर्को समय आजभन्दा करीब २२५० वर्ष पहिलाको समय मानिएको छ, जतिबेला भारतका सम्राट अशोकले कलिंग–युद्धपछि बहुतै शक्तिशाली सेना भएर पनि आक्रमण र बिजयको नीतिलाई पूर्णरूपले त्यागिदिए र त्यसको साटो धर्म विजयको बाटो पक्रिए । अनि यसरी अहिंसाको बाटो हिँड्दै उनले देशमा अद्भूत राजनीतिक एकता स्थापित गरे । भारतको इतिहासमा यस्तो तेश्रो ऐतिहासिक कालक्रम तेह्रौं र सोह्रौं शताब्दीको भक्ति र सूफी आन्दोलनलाई लिन सकिन्छ, जसलाई हामीले आध्यात्मिकताको गहिराईमा उत्रेर जीवनको सार्थक समझदारी बनाउने दृष्टिले देख्न सक्छौं ।

दक्षिण भारतमा यो भक्ति लहर त्यसभन्दा पहिला नै देखिएको थियो । प्रचलित सामाजिक कुरीतिहरु र तिनलाई पोषण गर्ने निहीत स्वार्थहरुका विरुद्ध बहादुरी र दिल दिएर गरेका विद्रोहको दृष्टिले हेर्दा समुदायहरुद्वारा एक अर्कालाई जान्ने बुझ्ने तथा भाइचारापूर्वक रहने हिसाबले हेर्दा हरेक दृष्टिले त्यो निकै प्रेरणास्पद समय लाग्दछ । भारतको इतिहासको चौथो त्यस्तो महत्वपूर्ण कालखण्ड बृटिश औपनिवेशिक शासनका बिरुद्ध स्वाधीनताको लडाईंको कालखण्ड हो, जुन संघर्षसँग समाज सुधारका अनेक आन्दोनलहरु पनि अनिवार्यरूपले जोडिएको पाइन्छ । एउटा पबित्र र अत्यन्तै आवश्यक उद्देश्यको प्राप्तिका लागि कति धेरै बलिदान दिन सकिन्छ, कति धेरै कष्ट सहन सकिन्छ, कति असम्भव लाग्ने चूनौतिहरुलाई स्वीकार गर्न सकिन्छ, कत्तिको अथक प्रयास गर्न सकिन्छ यस प्रकारका अत्यन्तै हिम्मत पैदा गर्ने खालका अनेकौं उदाहरणहरु त्यस कालखण्डमा खडा भए र कायम रहे ।

यदि हामीले इतिहासको अध्ययनबाट यो कुरा बुझ्न सक्यौं भने समाजमा कुन कालखण्डमा मानवीय जीवन–मूल्यहरु बहुतै सबल बने अनि त्यस प्रकारको माहोल तयार पार्न कुन कारण, प्रेरक तत्वहरु र उत्प्रेरकहरुको मूख्य भूमिका रह्यो तब इतिहासको सबैभन्दा बढी मूल्यबान योगदानलाई बुझ्न सक्छौं ।

वि.सं.२०८० जेठ २ मंगलवार १२:१८ मा प्रकाशित

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...