back
CTIZAN AD

पर्यटक बढेपछि सगरमाथामा ट्राफिक जाम हुने खतरा

वि.सं.२०७४ वैशाख २ शनिवार

903 

shares

mount-everestभोजेन्द्र बस्नेत,२ वैशाख, सोलुखुम्बु । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।

सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ ।

सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताउनुभयो ।

सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ ।

विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भन्नुभयो “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो ।

आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ ।

आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसक्नुभएका फोर्चेका सोनाम शेर्पा भन्नुहुन्छ “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ ।”

त्मक सहयोग पु¥याउने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष बिबी नेपालीले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका क्रममा करातेसम्बन्धी विभिन्न सीप प्रदर्शन गर्नाका साथै सहभागीलाई तालिमसमेत दिइएको छ पत्ताले डाँडासगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृष्यावलोकनका साथै हिमाली रहनसहन र संस्कृतिका दृष्टिबाट महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ ।

फाइल : फोटो

वि.सं.२०७४ वैशाख २ शनिवार ०३:२६ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...