back
CTIZAN AD

गजल

वि.सं.२०८० जेठ १३ शनिवार

1.2K 

shares

लीलाराज दाहाल,वागमती, सर्लाही

नबोली नबोली तिमी छेउ आयौ
र ढोकै नखोली तिमी छेउ आयौ

सुहाएन प्यारी नयनको ईशारा
दबाएर बोली तिमी छेउ आयौ

बडा चाडमा आउ भन्दा नमानी
न माघी न होली तिमी छेउ आयौ

रमाउँ खुशीले थियो आश ठूलो
लिई रित्तो झोली तिमी छेउ आयौ

म हेरुँ कसोरी नियालेर प्यारी
न घुम्टी न चोली तिमी छेउ आयौ

उठाउँ कि प्याला थिएँ सोचमा यो
अझै मात घोली तिमी छेउ आयौ

बहर ः मुतकारिब मुसम्मन सालिम
अर्कान ः १२२ १२२ १२२ १२२

 

वि.सं.२०८० जेठ १३ शनिवार ०६:३७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...