भुवन शिवाकोटी चौघरे, काठमाडौ
ए ! भ्रष्टाचारी
तिम्रा गोजिभरीका नोट देखेर
किन सोध्दैनन् तिम्रा छोरीहरू
किन सोध्दैनन् तिम्रा छोराहरू
बा पैसा फल्ने बोट कहाँ छ
देखाइदिनु ?
किन सोध्दैनन्
तिम्रा पिता ससुरा र आफ्न्तले
अकुत धन फल्ने बोट कहाँ छ ?
ज्वाईँ साहव
किन सोध्दिनन् तिम्री जीवन सँगीनी
स्वामी पैसा कहाँबाट आयो
र
कहिले भन्ने छन्
आफ्नै कलिला सन्तानको भविष्य अँध्यारो पारेर
जम्मा गरेको धन
भो हामीलाई चाहिदैन
बा
आगो लगाइदिनुस्
ए ! बा
तिमी कसरी बन्यौ माहुरीबाट माखा
कमिलाको ताँतिबाट औंसा
हिडेका थियौ देश बनाउन
तर बिगार्यौ कसरी फूलको बगैंचामा
कुन सिनो लुछेर
कसरी सक्यौ
हाम्रो गौरवको आत्मसम्मान
मलाई विश्वास छ
देशको दिनहीन अवस्था देखेपछि
एकदिन
तिम्री छोरीले कठालो समात्दै सोध्ने छिन्
बा –आमा
मेरो जन्मदाताको नामबाट
मेट्ने छु म तिमीलाई
यो अग्लो टावरमा
भ्रष्टाचारी कि छोरी भनेर चिनिन
चाहन्न म
र
त्यो दिन टाढा छैन।
वि.सं.२०८० जेठ १३ शनिवार ०६:३८ मा प्रकाशित






























