back
CTIZAN AD

घरभाडामा छुट दिन रुपन्देहीका होटल व्यवसायीको आग्रह

वि.सं.२०८० जेठ १५ सोमवार

702 

shares

रुपन्देही । यहाँका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् ।

सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताए । संस्थागत पहलमा १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको पनि उनले जानकारी गराए ।

उनका अनुसार रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालित छन् । हाल सङ्घमा एक हजार दुई सय तीन व्यवसायी आबद्ध रहेको र पाँच हजार व्यक्तिले रोजगार पाएको अध्यक्ष भण्डारीले बताए । पत्रकार सम्मेलनमा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी गराए । सङ्घका अनुसार जिल्लामा पाँचतारे तीन वटा, चारतारे तीन वटा र तीन तारे करिब १५ होटल रहेका छन् । यस्तै ए लेभलका तीन सय होटल छन । यहाँ पर्यटन क्षेत्रमा कूल रु ३० खर्बभन्दा बढी लगानी रहेको खनालले बताए ।

वि.सं.२०८० जेठ १५ सोमवार ०८:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...