back
CTIZAN AD

यी हुन् नेपाल–भारतबीच भएका ७ सम्झौता

वि.सं.२०८० जेठ १८ बिहीवार

792 

shares

काठमाडौं । नेपाल–भारतबीच ७ सम्झौतामा हस्ताक्षर भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीबीच भएको बुधबार भएको द्विपक्षीय भेटवार्ताका अवसरमा ७ सम्झौतामा हस्ताक्षर भएको छ ।

पारवाहन सम्झौता पुनरावलोकन
सात सम्झौता मध्ये नेपालका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तीमन्त्री पीयुस गोयलबीच पारावहन सम्झौता पुनरावलोकन गर्ने सम्झौता भएको छ ।

पेट्रोल पाइपलाईन विस्तार
त्यस्तै नेपाल र भारतबीच दुईवटा पेट्रोलिय पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउने विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको उक्त सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल र उनका समकक्षी हरदीप सिंह पुरीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार भारतको सिलगुढीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम लाइन निर्माण हुने तथा अमलेखगन्जमा रहेको पेट्रोलयिम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको छ । उक्त परियोजनाको लगानी १७ अर्ब रुपैयाँ भन्दा बढी हुने बताइएको छ ।

अध्ययन प्रतिष्ठान र शुष्मा स्वराज इन्स्च्यिुटबीच सहकार्य सम्बन्धी
त्यसैगरी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्च्यिुट फरेन सर्भिसबीच सहकार्य गर्ने विषयमा दुई देशका राजदूतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

डिजिटल पेमेन्ट सम्झौताबीच सहकार्य सम्बन्धी
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो । उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुने विश्वास लिइएको छ ।

तल्लो अरुण जलविद्युत आयोजना निर्माण
त्यस्तै नेपाल–भारतबीच तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौता भएको छ । आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने गरी सम्झौता भएको हो ।
उक्त पिडिएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण
त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न विषयमा सम्झौता भएको छ । उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको छ । उक्त सम्झौतापत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन् ।

फुर्कोट कर्णाली आयोजना निर्माण
त्च्यस्तै भारतीय कम्पनीद्वारा फुर्कोट कर्णाली आयोजना निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको हो । उक्त द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सो आयोजना निर्माणका लागि एनएचपीसी र विद्युत् उत्पादन कम्पनीले एक नयाँ कम्पनी स्थापना गर्नेछन् । कम्पनीमा भारतीय कम्पनी एनएचपीसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

यसअघि स्वदेशी श्रम, स्वदेशी पुँजी एवम् आन्तरिक लगानीलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ सरकारले कालीकोटमा आयोजनास्थल रहेको सो आयोजनाको अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको थियो । सो कम्पनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको छ ।

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा रेलमार्गको उद्घाटन

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै

प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट

दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्री लेखीले गरिन् स्वागत

चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

वि.सं.२०८० जेठ १८ बिहीवार १५:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...