Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा



काठमाडाैँ (बेइजिङ )। कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्ने सोच्न छोड्न आग्रह गरेका छन् ।

“युवाहरूले ‘कठिन समयसँग जुध्न’ सिक्नुपर्छ,” सीले भने ।

द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ । गत वर्षको जुनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौतारिरहेकी थिइन् । लीले भनिन्, “हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो, हामी बिनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारीको सहज सुनिश्चतता हुनुपर्छ ।”

न्युयोर्क टाइम्सका अनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, “जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता व्यहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो ।” उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो ।

सांस्कृतिक क्रान्तिको दौडान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गरेका छन् ।

एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले एक ट्वीटर पोस्टमा लेखेका छन् , “युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् उनी किन चाहान्छन् ?” यस वर्ष उच्च एक करोड १६ लाख स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँच मध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्वीकार्न तयार गराउने अपेक्षा गरेको छ । युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्याङ्क हो किनभने निष्क्रिय युवाहरूले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्ने विश्वास गर्दछ ।

चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी सहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए ।
सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू सहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार, वा राज्य–योजनाबद्ध अर्थव्यवस्था भन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो । ( रासस÷एएनआई)
–––


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।