back
CTIZAN AD

विराटनगर किङ्स र धनगढी चौराहा विजयी

वि.सं.२०७४ वैशाख ३ आइतवार

987 

shares

 

३ वैशाख, धनगढी । ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले तथा अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित ग¥यो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको कञ्चनपुर आइकोनिकले १७ ओभरमा सवै विकेट गुमाएर ८० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले ९ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो । विराटनगर किङ्सका लागि कप्तान शरद भेषवाकरले १५ बलमा २८ रन, आकास थापाले १२ र प्रनित थापा मगरले ११ रन बनाए । बलिङतर्फ कञ्चनपुर आइकोनिकका सागर पुन एक्लैले पाँच विकेट लिए ।

यसअघि कञ्चनपुर आइकोनिकका लागि हसिम अन्सारीले २७ रन, कुसल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ विराटनगर किङ्सका सुशील कँडेल र सन्दीप लामिछानेले चार÷चार विकेट तथा जितेन्द्र मुखियाले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका कँडेलले रु १० हजार पुरस्कार प्राप्त गरे ।

अर्को खेलमा ब्याटिङ गर्दै धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनायो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५८ रन, अनिल मण्डलले २९, शौरभ खनालले १६ र राजु रिजालले ११ रन बनाए ।

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन÷तीन विकेट लिए ।

एक सय ३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौँ गोल्डेन्सले २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । काठमाडौँका लागि सन्दीप जोराले २८ तथा सोमपाल कामीले २४ रन बनाए ।

बलिङतर्फ धनगढी टिम चौराहाका आरिफ सेख र शौरभ खनालले तीन÷तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका धनगढीका आरिफ शेखले रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्स तथा सिवाईसी अत्तरिया र कञ्चनपुर आइकोनिकबीच खेल हुने छ ।

धनगढी क्रिकेट एकेडेमी र सूदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको सो प्रतियोगितामा छ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख पुरस्कार प्राप्त गर्ने छ । रासस

वि.सं.२०७४ वैशाख ३ आइतवार ०७:०२ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...