back
CTIZAN AD

‘थ्रो सिजनस्’ बजारमा

वि.सं.२०७४ वैशाख ३ आइतवार

654 

shares

 

३ वैशाख, काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डा अभि सुवेदीले जापानी लेखिका हारुयो मासुदाले अङ्ग्रेजीमा लेख्नुभएको ‘थ्रो सिजनस्’ कृति शनिबार विमोचन गर्नुभएको छ ।

डा सुवेदीले पुस्तकमा धर्म र दर्शनका माध्यमबाट मानवीयतालाई जोड्न खोजिएको बताउनुभयो । “पुस्तकमा भ्रुण अवस्थादेखि मानिस नमरुन्जेलसम्मका विभिन्न अवस्थालाई समावेश गरिएको छ,” उहाँले भन्नुभयो ।

कथाकार माया ठकुरीले मातृत्वलाई केन्द्रमा राखेर लेखिएको उक्त पुस्तकमा समावेश गरिएका विषयलाई प्रयोग गरेमा समाजमा नैतिकवान सन्ततिको विकास भई शान्ति तथा सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

लेखक शेखर खरेलले समयको परिवर्तनसँगै आउने विभिन्न ऋतुका महत्वकाबारेमा समेत कृतिमा उल्लेख गरी मानिसको जीवन र मृत्युको अवस्थालाई ऋतुचक्रसँग जोडिएकाले सर्वसाधारणलाई सत्कर्म तथा मानव कल्याणका लागि अभिप्रेरित गरेको बताउनुभयो ।

लेखिका मासुदाले आफ्नो जीवनमा बौद्ध दर्शनको प्रभाव रहेकाले धेरैपटक लुम्बिनी क्षेत्रमा बौद्ध गुरुसँग भेट तथा अध्ययनपछि सो कृति प्रकाशन गरेको बताउनुभयो । करिब एक वर्ष अगाडि उहाँले ‘मायादेवी’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो ।

बौद्ध दर्शनका आधारमा गर्भवती महिलाले अपनाउनुपर्ने पूर्वाभ्यासकाबारेमा उल्लेख गरिएको सो कृतिमा गर्भवती महिलाले (चार महिनादेखि नौ महिनासम्म) सकारात्मक भई ध्यानका माध्यमबाट विभिन्न अभ्यास पूरा गरेमा राम्रो सन्ततिको विकास हुने कुरा उल्लेख छ । बुद्ध र जिसस क्राइष्टका माता क्रमशः मायादेवी र मेरीकाबारेमा पनि सो पुस्तकमा चर्चा गरिएको छ । रासस

वि.सं.२०७४ वैशाख ३ आइतवार ०७:०१ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...