back
CTIZAN AD

निर्वाचनमा खटिनेलाई हवाई टिकट

वि.सं.२०७४ वैशाख ३ आइतवार

714 

shares

३ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरूसँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पु¥याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ ।

निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस

वि.सं.२०७४ वैशाख ३ आइतवार ०६:५९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...