back
CTIZAN AD

पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ

वि.सं.२०८० जेठ २० शनिवार

735 

shares

सिड्नी । अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामद गरेको छ । सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो ।

बोर्डमा रहेका तीनजना पुरुषले प्रहरीलाई बताएअनुसार उनीहरूले जहाजको इन्जिनमा समस्याको देखेको तर डुङ्गा चलाउने अनुभव नभएको बताएका थिए ।

ती व्यक्तिको शङ्कास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरिक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्याङ्कीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै प्रतीत भएको छ, थप अनुसन्धान जारी छ ।

तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् । दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुनसक्ने प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८० जेठ २० शनिवार १८:३९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...